Breaking News

धादिङको बेनीघाटमा यात्रु बस र पेट्रोल ट्यांकर एक आफसमा ठोक्किदा बसका १३ जना घाइते

धादिङमा बस र ट्यांकर ठोक्किएको छ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका-५ स्थित बादरेमोडस्थित पृथ्वी राजमार्ग सडकखण्डमा काठमाडौंबाट बीरगन्ज जाँदै गरेको ना ४ ख २८९४ नम्बरको बस र बीरगन्जबाट काठमाडौं आउँदै गरेको ना ४ ख ३१३३ नम्बरको पेट्रोल बोकेको ट्यांकर ठोक्किएको हो।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार धादिङ यातायात समितिको बस र पेट्रोल बोकेको ट्यांकर ठोक्किँदा बसमा सवार १३ जना घाइते भएका छन्।

बसमा ६० जना सवार रहेको प्रहरीले जनाएको छ। तीमध्ये घाइते भएका १३ जनालाई उपचारका लागि मलेखुस्थित राजमार्ग अस्पतालमा लगिएको छ।

घाइतेहरू सबै धादिङको बेनीघाट रोराङ गाउँपालिका-२ का रहेको पनि जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपी सुवास हमालले जानकारी दिएका छन्।

२० वर्षीया सरिता चेपाङ, ४५ वर्षीया हरिबहादुर चेपाङ, ६० वर्षीय होमबहादुर चेपाङ, २० वर्षीया अप्सरा चेपाङ  १३ वर्षीया मनिषा परियार, १२ वर्षीय नवीन चेपाङ,  १३ वर्षीय रञ्जित चेपाङ,  ६८ वर्षीया फुलमाया चेपाङ, ४९ वर्षीय बिष्णु चेपाङ, २८ वर्षीया कल्पना चेपाङ,  ४० वर्षीया तारा बानिया,३६ वर्षीया संगिता चेपाङ र १० वर्षीय अजय चेपाङ घाइते भएका छन्।