ललितपुर । नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशन गोदावरीमा सुरु भएको छ । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नारासहित महाधिवेशन सुरु भएको हो । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।
गोदावरी सनराईज हद झकिझकाउ भएको छ । करिब २ हजार ३०० प्रतिनिधि पर्यवक्षक र अन्य आगन्तुक सहभागी महाधिवेशन तीनदिन सम्म चल्ने छ ।

