काठमाडौं, केएल दुगड ग्रुपअन्तर्गत नेपालकालागि स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्सेसले दशैं, तिहार र छठ पर्वका लागिविशेषयोजना सार्वजनिक गरेको छ ।
‘पर्वहरुको उमङ्ग, स्काइवर्थसँग सबै दङ्ग’भन्ने नारासहित सुरु गरिएको यस योजनामाउपभोक्ताले स्काइवर्थका सम्पूर्ण घरेलु उपकरणहरूमा ४०% सम्मक्यासब्याक र आकर्षक उपहारहरू प्राप्तगर्न सक्नेछन् ।
अफरअन्तर्गत स्काइवर्थका स्मार्ट टिभी, रेफ्रिजेरेटर, वाशिङ मेसिन, एयर कन्डिसनर र चेस्ट फ्रिजर खरिदमा छुटको सुविधापाउने व्यवस्था गरिएकोे छ ।यसमार्फत उपभोक्ताले चाडपर्वमाआफ्नो घरलाई अपग्रेड गर्न सहजहुने कम्पनीले जनाएको छ।
स्काइवर्थका वरिष्ठ मार्केटिङअधिकृतविवेक राठीले भन्नुभयो, “पर्व भनेको परिवारसँग खुसी बाँड्ने समय हो त्यसैले स्काइवर्थले यो खुसीमाअझै खुसीथप्न‘पर्वहरुकोउमङ्ग, स्काइवर्थसँग सबै दङ्ग’विशेष छुट योजनाल्याएको र यो ४०% क्यासब्याकको साथमाआकर्षक उपहारलेहाम्राग्राहकहरुमापक्कै खुसीथपिने छ।”
यो योजनानेपालभर रहेका स्काइवर्थका सबै शोरुमतथाबिक्रीस्थलमाभदौ १५ गतेदेखि कार्तिक १५ गतेसम्मलागू हुनेछ।

