Breaking News

सरकारले सूचीकृत नभएका सामाजिक सञ्जाल प्ल्याटफर्महरू चल्नबाट रोक लगाउने निर्णयले पक्ष र विपक्षमा बहस

१९ भदौ, काठमाडौं । सरकारले सूचीकृत नभएका सामाजिक सञ्जाल प्ल्याटफर्महरू चल्नबाट रोक लगाउने निर्णयसँगै सम्बन्धित निकायलाई बन्द गर्न प्रतिपत्र समे काटेपछि यतिबेला तिनै बन्द हुन लागेका सामाजिक संजालबाटै पक्ष र विपक्षमा विभिन्न बहस चलिरहेका छन् ।

कतिपयले सरकारको यो कदमलाई ठिक भनिरहेका छन् भने कतिपयले भने चर्को विरोध गरिरहेका छन् । सरकारले दैनिक प्रयोग गर्दै आइरहेको फेसबुक, युट्युब, ह्वाट्सएप लगायतका प्ल्याटफर्ममा बढी चासो देखिन्छ ।

सरकारले आज एक सूचना विवरण अनुसार केही सामाजिक संञ्जालहरु नेपालको कानून अनुसार सूचिकृतको दायरमा नआएको र आउन सूचना गर्दा पनि सरकारले दिएको समयभित्र ति सामाजिक संजाल सूतिकृत हुन नआएकाले बन्द गर्न अनुरोध गरिएको सूचना आएको बेला अन्य पाँच वटा सामाजिक सञ्जाल भने यसअघि नै सूचीकृत भइसकेका छन् । जसमा टिकटक, भाइबर, निम्बज, विटक र पोपोलाइभ भने नेपालमा नियमित चल्नेछन् ।

टिकटक र भाइबर नेपालीले प्रयोग गरिरहनेमध्येका प्ल्याटफर्म भए पनि निम्बज, विटक र पोपोलाइभबारे भने धेरैलाई थाहा नहुन सक्छ ।