Breaking News

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको थापागाउँमा सम्पर्क कार्यालय उद्घाटन

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको थापागाउँमा सम्पर्क कार्यालय उद्घाटन गरेकी छन्।

काठमाडौं महानगरका पूर्वउपमेयर विदुर मैनालीको घर भाडामा लिएर भण्डारीले मदन भण्डारी हीरक जन्मोत्सव मूल व्यवस्थापन समितिको कार्यालय प्रयोजनका लागि भन्दै सचिवालय खोल्न लागेकी हुन्।

उक्त कार्यक्रममा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि सहभागी छन्।

भण्डारीलाई एमाले केन्द्रीय कमिटीले राजनीतिमा आउन रोक्ने निर्णय गरे पनि भण्डारी एमाले पूर्वउपाध्यक्षको हैसियतमा राजनीतिक गतिविधिमा व्यस्त छिन्।