३१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले ०८४ पछि रास्वपाका सांसदहरूको संख्या धेरै भए आफूहरूलाई अप्ठ्यारो पर्ने भन्दै पुराना दलहरू डराएको बताएका छन् ।
शनिवार काठमाडौंमा जडिबुटीमा मेलुङ शैलुङ—काठमाडौं सम्पर्क विभागले आयोजना गरेको वृहत भेला तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘हाम्रो १९ जना देखेर डराएका होइनन्, हामी १९ जनाले पनि तर्साइ त राखेका छौं तर उहाँहरूको मना के ढ्याँग्रो पिट्न थाल्यो भने, १९ को सट्टा १९० आउने भए यिनीहरू,’ सांसद खनालले भने, ‘१९ को सट्टा अब ०८४ मा १९० हुने भए । १९ ले त यस्तो धौ–धौ पार्दछन्, १९ ले त यस्ता अफ्ठयारा अफ्ठ्यारा प्रश्न सोध्छन्, १९० जना राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद प्रतिनिधि सभामा हुँदा के हुन्थ्यो होला ?’