Breaking News

निरज सापकोटाको शब्द, उमेश राउतको सङ्गीत र स्वरमा ‘वंशी बजाइदेऊ’ भजन सार्वजनिक

निरज सापकोटाको शब्द, उमेश राउतको सङ्गीत र स्वरमा ‘वंशी बजाइदेऊ’ भजन सार्वजनिक भएको छ।

भगवान् श्रीकृष्णको भक्तिभावमा आधारित उक्त भजन ‘उमेश राउत’ युट्युब च्यानलमा सार्वजनिक भएको हो ।

‘वंशी बजाइदेऊ कृष्ण वंशी बजाइदेऊ, परमधाम जाने हाम्लाई बाटो देखाइदेऊ’ भन्ने बोलले सुरु हुने यो भजनले मानव जीवनको कर्म, धर्म र भक्तिको महत्त्वलाई उजागर गर्छ।

कृष्णप्रतिको अखण्ड प्रेम, जीवनको सच्चा उद्देश्य र लोभ–मोह त्यागको सन्देश बोकेको भजनमा दीनदुखीको सेवा, संसारको मोहबाट मुक्ति र श्रीकृष्णको भक्तिमा लीन हुने भावनालाई सुन्दर ढङ्गले प्रस्तुत गरिएको छ।

पुरुषोत्तम सुवेदीको सङ्गीत संयोजन रहेको भजन अकोस्टिक नेपाल स्टुडियोमा राजाबाबु थारू र दिल समर्पणले रेकर्ड गरेका हुन् भने मिक्सिङ–मास्टरिङ चन्द्र चौधरीले गरेका हुन् । भिडियोको र सम्पादनको काम दिपेश गिरीले गरेका छन् ।