काठमाडौं । निर्वाचन आयोगले रञ्जिता श्रेष्ठ नै नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रहेको ठहर गरेको छ ।
आयोगको हिजो बसेको बैठकले राजनीतिक दल सम्बन्धि ऐन र सम्बन्धित पार्टीको विधान अनुसार रञ्जिता नै पार्टीको अध्यक्ष भएको निर्णय गरेको हो ।
नाउपा अर्को पक्षले पेस गरेको विवरण ऐन र विधान अनुसार नमिलेका कारण नाउपाको अध्यक्ष श्रेष्ठ नै रहेको ठहर गरेको छ ।
नाउपाको संस्थापक सदस्यहरूको भेलाले श्रेष्ठलाई अपदस्त गर्दै लालबीर चौधरीलाई अध्यक्ष बनाउने निर्णय गरेको थियो ।

