भारतीय अखबार दैनिक भाष्करको अनलाइन संस्करणले भारतीय सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै जनाए अनुसार घटना मंगलबार दिउँसो १ः४५ बजे भएको हो। घटनाका धेरै भिडिओ र तस्वीरहरू सार्वजनिक भएका छन्।
उत्तरकाशीका प्रमुख जिल्ला अधिकारी प्रशान्त आर्याले अहिलेसम्म ४ जनाको मृत्युको खबर आएको र ५० भन्दा बढी हराइरहेको दैनिक भाष्करलाई बताएका छन्।
धेरै मानिसहरू बगेको आशंका गरिएको छ। धराली गाउँ देहरादूनबाट २१८ किलोमिटर र गंगोत्री धामबाट १० किलोमिटर टाढा पर्छ। उद्धार टोली सँगै सेना पनि घटनास्थलमा पुगेको छ।
पानीको भेल देखेर मानिसहरू चिच्याउन थालेका थिए।
धराली बजार पूर्ण रूपमा ध्वस्त भएको छ। धेरै होटल र पसलहरू भत्किएका छन्। त्यहाँ पछिल्लो २ दिनदेखि भारी वर्षा भइरहेको थियो।

