Breaking News

संरक्षित पक्षी सिकार गर्दा हुने सजाय बढ्यो

काठमाडौँ । सरकारले संरक्षित पक्षी सिकार गर्दा हुने सजाय बढाएको छ । केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमार्फत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ मा संशोधन गर्दै यस्तो व्यवस्था गरिएको हो ।

यसअघि यस्ता संरक्षित पक्षीको सिकार गरी मारेमा वा घाइते १५ हजार रुपैयाँदेखि तीस हजार रुपैयाँसम्म जरिवाना तथा तीन महिनादेखि ९ महिनासम्म कैद सजायको व्यवस्था थियो ।

आरक्ष क्षेत्रमा अनुमति नलिई संरक्षित बाहेकका पक्षीको सिकार गर्दाको सजाय भने घटाइएको छ । यसअघि २० देखि ५० हजार रुपैयाँसम्म जरिवाना र ६ देखि १ वर्षसम्म कैदको व्यवस्था रहेकोमा यसलाई घटाएर १५ देखि ३० हजार रुपैयाँसम्म जरिवाना र तीनदेखि ९ महिनासम्म कैद सजायको व्यवस्था गरिएको छ ।