Breaking News

माधव नेपाल र झलनाथ खनालबीच शक्ति टकराव

१६ साउन, काठमाडौं । नेकपा एकीककृतका दुई ठूला नेता तथा पूर्वप्रधानमन्त्रीद्धय झलनाथ खनाल र अध्यक्ष माधव नेपालबीच शक्ति टकराव देखिएको छ । यी दुबै नेताहरुले एक अर्कालाईदोषारोपण गरिरेका भएपनि हिजो एक टेलिभिजन अन्र्तवार्तामा झलनाथ खनालले पार्टीमा केही निर्णय गर्दा वा अरु मुख्य निर्णय गर्दा आफुलाई नसोधि पार्टी अधयक्ष नेपालले एकलौटी गर्ने गरेको र अहिले आएर त्यस बेला एमाले पार्टीबाट बिद्रोह गरेर नयाँ पार्टी बनाएकोे कुनै औचित्य नभएको आफुलाई लागेको बताएपछि त्यसको प्रतिकारमा अध्यक्ष नेपालले झलनाथ खनाल पाार्टी भित्र जहिले सिन इगो निकाल्ने भएको भए तर पछिल्लो पटक नयाँ पार्टी निर्माण गरेको कुनै औचित्य भएको बताए पछि अध्यक्ष नेपालले नेता खनाललाई पार्टीबाट राजीनामा दिएर बस्न भनेका छन ।

नेता खनालले इमेज टेलिभिजनमा पत्रकार जगदीश खरेलसँगको अन्तर्वार्तामा पार्टीभित्र बढेको असन्तुष्टि सार्वजनिक गरेका छन् । आफ्नो मत राख्ने क्रममा खनालले एमाले विभाजन गर्नु नै गलत भयो भन्ने निष्कर्ष सुनाएका थिए ।

‘जतिबेला यो पार्टी विग्रह वा विभाजन गरियो नि, त्यो नै गलत रहेछ भन्ने ठाउँमा पुग्दैछु म’ खनालले भनेका छन्, ‘एमालेमा जुन विद्रोह गरियो, त्यो विद्रोह पुष्टि नै भएन अहिलेसम्म । पुष्टि नहुनुको अर्थ गलत गरियो ।’

नेता खनालले एमाले विभाजन गर्नु गलत रहेको बताएपछि त्यसको जवाफमा अध्यक्ष नेपालले आज विराटनगरमा पत्रकारहरूसँगको कुराकानीमा खनाललाई पार्टीबाट बिदा भएरै जान सुझाव दिए ।