-दिपक बिष्ट
काठमाडौं । ‘सम्पूर्ण विद्यार्थीहरु एकजुटहोऔं’भन्ने नारा सहित स्वतन्त्रविद्यार्थी युनियन (स्ववियु) रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पस कमिटिले भलिबलप्रतियोगिताआयोजनागर्ने भएको छ । ‘आरआर स्ववियु कप–२०८२’ अन्तरक्याम्पस स्तरीय राष्ट्रियपुरुषभलिबलप्रतियोगिताआगामीभदौ २२ गतेदेखि सुरु हुने भएको हो ।
६ दिनसम्म सञ्चालनहुने उक्तप्रतियोगिताभदौ २२ देखि २७गतेसम्मआरआरक्याम्पसको प्राङ्गणमाआयोजनाहुनेछ। प्रतियोगितामा देशभरकाविभिन्नक्याम्पसकाटोलीहरूले सहभागिताजनाउने स्ववियु अध्यक्षलोकेश कुमार खड्काले जानकारी दिए। उनले भने, ‘भलिबलको माध्यमबाटविद्यार्थीबीचआपसी सहकार्य, अनुशासन र एकताप्रवद्र्धन गर्ने उद्देश्यहाम्रो हो । यो प्रतियोगितामा देशभरबाट सहभागिहुने अपेक्षा गरेको छु ।’
प्रतियोगितामाउत्कृष्टप्रदर्शन गर्ने टोलीहरूलाई आकर्षक पुरस्कारको व्यवस्थागरिएको छ। विजेताटोलीले ३ लाख रुपैयाँनगद, ट्रफी र प्रमाणपत्रप्राप्तगर्नेछ। त्यसैगरी दोस्रो हुने टोलीले २ लाख रुपैयाँसहितट्रफी र प्रमाणपत्रप्राप्तगर्नेछ भने तेस्रो स्थानहासिलगर्ने टोलीलाई १ लाख रुपैयाँनगदसहितट्रफी र प्रमाणपत्रप्रदानगरिनेछ।
देशकाविभिन्न शैक्षिक संस्थाहरूबीच खेलकुदमार्फत सकारात्मकप्रतिस्पर्धा र पारस्परिक समझदारी विकास गर्न खड्काले बताए। ‘विद्यार्थीहरूमा नेतृत्वविकास, सहकार्य भावना र राष्ट्रियएकताको सन्देश फैलाउने उद्देश्यले पनिप्रतियोगितामहत्वपूर्ण हुने अपेक्षागरिएको छ’उनले भने ।
आरआर स्ववियु कप–२०८२ कालागि सहभागीटोलीहरूलाई २० हजार रुपैयाँदर्ता शुल्कतोकिएको छ। इच्छुकटोलीहरूले आयोजकमार्फत ९८६५८६३२३५, ९८६०१३६६४२ वा ९८६८९०६६६८ नम्बरहरूमा सम्पर्क गरी आवश्यकजानकारी लिन सक्नेछन् ।
विद्यार्थी आन्दोलनको ऐतिहासिक पृष्ठभूमिमा खेलकुदमार्फत विद्यार्थी एकताको सन्देश दिनखोजेको भन्दै सबै क्याम्पसकाविद्यार्थीहरूलाई सहभागिताकालागिआह्वानगरिएको स्ववियु सचिव शैलेन्द्र उपाध्यायले बताए । उनले भने,‘छात्रहरूले पढाइसँगै खेलकुदमापनि अग्रसर हुनुपर्ने विश्वासका साथआयोजनागरिएको हो । यस प्रतियोगिता सफलबनाउन सम्पूर्ण विद्यार्थी, शिक्षक, कर्मचारी तथाशुभेच्छुकहरूलाई सहयोगको अपिलगर्दछु ।’

