Breaking News

न्युमेरेसीविक २०२५’ सम्पन्नः गणित शिक्षामाएम्बार्क र प्रिमियरको सहकार्य

काठमाडौं, साउनः सन् २०१२ मा स्थापनाभएको शैक्षिक संस्थाएम्बार्क अनम्याथले गणितलाई केवल पाठ्यपुस्तकको सीमितताबाटबाहिर निकाल्दै वास्तविकजीवनसँग जोड्न निरन्तर प्रयास गर्दै आएको छ। यहीप्रयास अन्तर्गत, हालै प्रिमियर इन्टरनेशनल स्कूलको सहकार्यमा ‘न्युमेरेसी विक २०२५’ सफलतापूर्वक सम्पन्नभएको छ।

एक हप्तासम्मचलेको यस विशेष सप्ताहले विद्यार्थीहरूलाई अनुभवमाआधारित सिकाइमार्फत् गणित विषयलाई नयाँ दृष्टिकोणले बुझ्न प्रेरित ग¥यो।कार्यक्रमअवधिभर, प्रिमियर इन्टरनेशनल स्कूलकाकक्षाहरू सिर्जनशीलता र अन्वेषणको केन्द्र बनेका थिए। विद्यार्थीहरूले गणितलाई आफ्नो कल्पनाशक्ति, अनुभव र संवादसँग जोड्दै नयाँ र अर्थपूर्ण तरिकामाआफूलाई संलग्नगराए।

कार्यक्रमबारे जानकारी दिँदै एम्बार्क अनम्याथका सह–संस्थापकदिवेश बठिजाले भन्नुभयोः“एम्बार्क अनम्याथमाहामी गणितलाई केवल सूत्र र अभ्यासमा सीमित नराखी, वास्तविकजीवनकाअनुभव र चिन्तनमाआधारित बनाउननिरन्तर खटिरहेका छौँ । प्रिमियर इन्टरनेशनल स्कूलमा सम्पन्नन्युमेरेसी विक केवलउत्सवमात्रथिएन, यो गणितलाई हेर्ने, महसुस गर्ने र अनुभव गर्ने सोचमाआएको परिवर्तनको प्रतीकथियो। विद्यार्थीहरूले कथावाचन, डिजाइन र संवादजस्ता गतिविधिबाट गणितलाई केवलसिकाइको माध्यमहोइन, सिर्जनशीलताको उपकरणको रूपमापुनःपहिचान गर्न सकेभने न्युमेरेसी विकमा समावेश गरिएकागतिविधिहरूले विद्यार्थीहरूमा गणितप्रतिको अभिरुचि र आत्मविश्वास अझ सशक्तभएको छ ।

न्युमेरेसीविकमाविभिन्नगतिविधिहहरू समावेश गरिएकाथिए, जस्तै ःगणित कथावाचन — जहाँविद्यार्थीहरूले अंक र अवधारणालाई कथामा परिणत गरेका थिए । त्यस्तै बोर्ड गेम डिजाइन, खेल र रणनीतिमार्फत गणितीय सोचको अभ्यासतथागणित रिले दौड— गतिशीलता र द्रुत सोचको संयोजनलगायततत्कालगणित बोलसत्र— जसले विद्यार्थीहरूलाई गणितीय विचारहरूको बारेमा सहज र आत्मविश्वासका साथबोल्न चुनौतीदिएको थियो ।

एम्बार्क अनम्याथले गणित शिक्षालाई रमाइलो, प्रयोगात्मक र जीवनउपयोगीबनाउँदै शैक्षिक क्षेत्रमै नयाँधारणा स्थापनागर्दै आएको छ। कठोर लाग्ने अवधारणाहरूलाई सरल र सजीवतरिकाले प्रस्तुतगर्दै, संस्थाले विद्यार्थीहरूको गणितप्रतिको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याएको छ।