Breaking News

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा फर्क रोक

नेकपा एमाले केन्द्रीय कमिटीको बैठक हिजो राती सकिएको छ । मध्यराती समाप्त भएको बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी मा फर्कने च्याप्टरु औपचारिक रूपमा क्लोज गरेको छ।

पूर्वराष्ट्रपति भण्डारीले गएको असार १४ गतेको मदन स्मृति दिवसमा सक्रिय राजनीतिमा फर्किने घोषणा गरेकी थिइन । तर उनको पार्टीमा फर्केर काम गर्ने चाहनालाई हिजो राती समाप्त कमिटीको बहुमतले अस्वीकार गरेको हो।

च्यासलस्थित पार्टी मुख्यालयमा भएको बैठकको दोस्रो दिन हिजो मंगलबार मध्यरातमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा फर्काउने सम्भावना नरहेको स्पष्ट पारे।

बैठकपछि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पत्रकारलाई बताए अनुसार पार्टीले भण्डारीलाई पूर्व राष्ट्रपतिको हैसियतमा उच्च सम्मान दिने तर उनी राजनीतिमा आउन हुँदैन भन्ने निर्णय गरेको हो।

पूर्वराष्ट्रपति भण्डारीलाई सेनाको परमाधिपति रहेको, गणतन्त्रको प्रतीक भइसकेको, गणतन्त्र गौरवले सम्मान गरेको लगायत कारण देखाएर पार्टीले सक्रिय राजनीतिमा आउन नमिल्ने बताए । तर यो निर्णयमा पार्टी उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र स्थायी कमिटी सदस्य कर्ण थापाले भने असहमति जनाएका थिए।

उनीहरुल् यस्तो निर्णय नगरौं। यसले राम्रो गर्दैन। पार्टीमा दीर्घकालीन असर गर्छ। बरू हामीमध्ये कसैलाई जिम्मा दिनुस्। राजनीतिमा आउन नदिने हो भने पनि सरसल्लाहबाट गरौं, उपाध्यक्ष पाण्डेले भनेका थिए।

त्यस्तै अर्का उपाध्यक्ष युवराज ज्ञवालीले अहिले निर्णय गर्न हतार नगरौं, सचिवालयबाट निर्णय गर्न सकिन्छ भन्दै फरक मत राखेका थिए।

कण थापाले पनि आफ्नो फरक मत रहेको भन्दै बोल्न खोजेका थिए। तर ओलीले निर्णयहरू सुनाएकै छैन, निर्णयमा केही भएपछि बोल्नुहोला भन्दै थापालाई रोकेका थिए।

ओलीले बैठकमा केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नको जबाफ दिने क्रममा भण्डारीको पार्टी सदस्यता नवीकरण नै त्रुटिपूर्ण रहेको पनि बताए।

उहाँले अरूमार्फत पार्टी सदस्यता नवीकरण गराउनु भएछ, ओलीले दिएको जबाफ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, नवीकरण विधान अनुसार त्रुटिपूर्ण छ। फेरि नवीकरण उहाँले गरेको होइन। यो पार्टीको निर्णय नभई हुँदैन।

ओलीले भण्डारीलाई गणतन्त्र गौरवले सम्मान गरेको प्रसंग निकाल्दै थपे, सबै पार्टी नेता बोलाएर गणतन्त्र गौरवले सम्मान गरेको दलको राजनीतिभन्दा माथि हो भनेर गरेको हो। राजा हटाएर बनाएको संस्थाको प्रमुख भएको व्यक्तिलाई हामी सबैले सम्मान गर्नुपर्छ। पार्टीले सम्मान गर्छ।

पार्टीले सम्मान गर्ने बताएका ओलीले अहिलेको अवस्थामा पार्टीले भण्डारीलाई अध्यक्ष बनाउन भने नसक्ने बताएका थिए।

करिब १२ घन्टा चलेको बैठकले अन्ततः पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा फर्किन रोक लगाएको हो।