Breaking News

लेटाङ नगरपालिकाको सत्रौं नगरसभाबाट पारित नीति बजेट तथा कार्यक्रम सार्वजनिक

प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले लेटाङ नगरपालिकाको सत्रौं नगरसभाबाट पारित नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रमको समुद्घाटन गर्नुभएको छ ।

लेटाङ नगरपालिकाद्वारा आयोजित सार्वजनिकीकरण गर्नुहुँदै प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले नगरपालिकाले पारित गरेका नीति बजेट तथा कार्यक्रमले सार्थकता पावोस् भन्ने शुभकामना दिनुभएको थियो ।

त्यसैगरी विविधताले भरिएको लेटाङ सुन्दर रहेको प्रसँग जोड्दै प्रमुखज्यूले भन्नुभयो –पर्यटन प्रवद्र्धन नै मुलुकको प्रमुख आयउपार्जनको श्रोत रहेकोले यसलाई विशेष महत्व दिनुपर्छ ।

प्रमुखज्यूले अवकास भएका कर्मचारी, नगरका प्रदेकार्यसम्पादनमा उत्कृष्ट भएका विद्यालय, उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान, प्रशंसा तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

कार्यक्रममा प्रतिनिधि सभाका पूर्व सदस्य घनश्याम खतिवडा, कोशी प्रदेशका सभासदस्य खड्गबहादुर बस्नेत, कोशी प्रदेश सरकारका पूर्वमन्त्री उपेन्द्र घिमिरे, लेटाङ नगरपालिकाका पूर्व नगरप्रमुख शंकर राईको उपस्थिति रहेको थियो ।

कार्यक्रम नगरपालिकाका मेयर भूपेन्द्र लावतीले सभापतित्व प्रदान गर्नुभएको थियो ।