Breaking News

हिमाल कलेज अफ म्यानेजमेन्ट पोखराले कक्षा ११ भर्नाको दोस्रो चरणका क्रममा सञ्चालन

हिमाल कलेज अफ म्यानेजमेन्ट पोखराले कक्षा ११ भर्नाको दोस्रो चरणका क्रममा सञ्चालन गरिरहेको अभिभावक तथा विद्यार्थी लक्षित कार्यक्रमहरूमा देशका विभिन्न भागबाट अभिभावकहरूको उल्लेखनीय सहभागिता देखिएको छ । अभिमुखिकरण, काउन्सेलिङ र कलेज अवलोकनपछि अभिभावकहरूले कलेजप्रति उच्च सन्तुष्टि व्यक्त गर्दै विभिन्न सकारात्मक अभिव्यक्तिहरू दिएका छन् ।

एकजना अभिभावक रामप्रसाद पराजुली भन्छन्, – “छोरोको भविष्य सुरक्षित हुने अनुभूति भयो, यहाँको सिकाइ र व्यवहारिकताले विश्वस्त बनायो।“ अर्का अभिभावक केशव सुनार बागलुङ भन्छन्, “पढाइसँगै प्रिजिन्टेशन, लिडरशिप र एक्पोजर खोज्दै थियौं — यहाँ सबै पायौं।“ अर्का अभिभावक मुखबुल मियाँ स्याङ्जा थप्छन्, “सस्तोमा गुणस्तरीय शिक्षा, काम गर्ने मौका, अनि प्रमाणपत्र पनि पाइन्छ भने किन नपठाउनेरु“ किशोर श्रेष्ठ पर्वत, प्रिय गुरुङ म्याग्दी भन्छन्, “पढ्न मात्र होइन, सिक्न र बढ्न चाहने विद्यार्थीका लागि उपयुक्त कलेज यही हो। उनीहरु थप्छन्, “शिक्षकहरूको आत्मीयता र व्यवस्थापनको सक्रियता देख्दा सन्तोष मिल्यो।“ साथै लक्ष्मण थापा मगर तनहुँले भने, “इंटरन्सिपदेखि खेलकुदसम्म, यहाँ सबै कुरा विद्यार्थी केन्द्रित छन्।“

हिमाल कलेजका ६ उत्कृष्ट विशेषताहरू रहेको स्कुलले जनाएको छ । किफायती शुल्कमा गुणस्तरीय शिक्षा, अनुभवी र प्रेरणादायी शिक्षक टिम, पढाइसँगै पार्ट टाइम जव र फिल्ड भिजितको अवसर इन्टरशीप कार्यक्रम ं प्रमाणपत्र खेलकुद तथा अतिरिक्त गतिविधिमा जोड, व्यवसायिक, व्यावहारिक र करियर–केन्द्रित पाठ्यक्रम रहेका छन् । २०५ देखि १००५ सम्म छात्रवृत्ति र प्रारम्भिक भर्नामा विशेष छुट उपलब्ध छ अझ धेरै अभिभावकहरूका यस्तै सकारात्मक भनाइहरू प्राप्त भइरहेको कलेजले जनाएको छ । हिमाल कलेजप्रति बढ्दो विश्वासले भर्ना प्रक्रिया झनै उत्साहजनक बनेको कलेजको दावी छ ।