नेपाल टेलिकमले अन्तर्राष्ट्रिय सेवा प्रदायकहरुबाट इन्टरनेट सेवा खरिद गरी ग्राहकवर्गमा सेवा प्रदान गर्दै आएकोमा आज आषाढ २४ गते बिहान १ः३० बजेदेखि एउटा सेवाप्रदायकको नेटवर्कमा समस्या उत्पन्न भएको हुँदा सम्पूर्ण Traffic हरु वैकल्पिक सेवाप्रदायकबाट सञ्चालनमा रहेकोले उक्त लिङ्कमा चाप पर्न गई नेपाल टेलिकमको इन्टरनेट सेवाको Speed मा केही समस्या उत्पन्न भएको छ भने तत्काल समस्या समाधान गरी सेवा पुनर्स्थापनाको प्रयास जारी रहेको व्यहोरा अनुरोध गरेको छ ।

