२४ असार, काठमाडौं । नुवाकोटस्थित त्रिशूली नदीमा फसेकाहरूलाई उद्धार भईरहेको छ ।
विदुर नगरपालिकाको इन्द्रेणीघाटस्थित त्रिशूली नदीमा २ जना व्यक्ति फसेका छन् । उनीहरुको उद्धारका लागि गएको पहिले गएको हेलिकप्टर फिर्ता भएर अर्को हेलिकप्टरले उद्धार गरिरहेको छ ।
घाँस–दाउरा गर्न गएका उनीहरु नदीमा बाढी आएपछि त्यहीँ फसेका हुन् । उनीहरु रुखमा चढेर बसेका छन् । रुखमुनि बाढी आएको छ ।

