Breaking News

मोहन बस्नेतलनई गगन थापाको जवाफ फोहोर चलाएर म फोहोरी बन्न नचाहन्न

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक जारी छ । आजको बैठकमा केन्द्रीय सदस्य मोहन बस्नेतले महामन्त्री गगन थापामाथि आरोप लगाएका छन् । उभने भने आफुलाई टेरामक्स भ्रष्टाचारमा महामन्त्री गगन थापाले फसाएको आरोप लगाएका थिए । टेरामक्स भ्रष्टचार मुद्धामा उनी हालै मात्र धरौटी बुझाएका छुटेका थिए । उनको जवाफमा महामन्त्री थापाले आफू माथि लगाएको आरोपलाई फोहोरको संज्ञा दिएका छन् ।

आजको पार्टी बैठक पछि पत्रकारलाई छोटो प्रतिक्रिया दिँदै महामन्त्री थापाले फोहोर चलाएर म फोहोरी बन्न नचाहने बताए ।

आजको बैठकमा बस्नेतले महामन्त्री थापाप्रति खरो रुपमा प्रस्तुत भएका थिए ।

बस्नेतको बोलीप्रति टिप्पणी गर्दै महामन्त्री थापाले भने,‘बाले भन्नुहुन्थ्यो, कसैले आरोप लगाए दिइहाल्नुपर्छ ।

आमाले भन्नुहुन्थ्यो, ‘फोहोर नचलाउनु,फोहोर चलाए आफैँ फोहोरी भइन्छ । आज म आमाको कुरा सुन्छु ।’

कांग्रेसको केन्द्रीय समितिको बैठक १६ असारदेखि जारी छ ।