एएफसी महिला एसियन कप छनोटमा नेपालले गोलको वर्षा गर्दै बिजयी सुरुवात गरेको छ । उज्वेकिस्तानमा जारी छनोटअन्तर्गत पहिलो खेलमा नेपालले लाओसलाई ९–० गोल अन्तरले पराजित गरेको हो ।
नेपालका लागि कप्तान सावित्रा भण्डारी साम्बा एक्लैले ५ गोल गरेकी छन् । यस्तै सरु लिम्बु, अनिता बस्नेत, रश्मीकुमार घिसिङ र अनिता केसीले एक–एक गोल गरिन् ।
पहिलो जित निकालेको नेपाल छनोटमा समूह ‘एफ’ मा छ । उक्त समूहमा नेपालसहित आयोजक उज्वेकिस्तान, लाओस र श्रीलंका छन् । नेपालले दोस्रो खेलमा असार १८ गते श्रीलंका र २१ गते घरेलु टोली उज्वेकिस्तानसँग खेल्नेछ ।

