कलेजका मिडिया रिलेसन अफिसर आशिष झा का अनुसार, ‘नेक इग्नियमको प्रवर्द्धनलाई अझ प्रभावकारी बनाउन यो फ्ल्यास मोब आयोजना गरिएको हो । यसले युवाहरूको सृजनात्मकता र सांस्कृतिक चेतनालाई उजागर गर्नुका साथै कार्यक्रम प्रति उत्साह सिर्जना गरेको छ ।’
नेक इग्नियम कलेजले प्रत्येक वर्ष आयोजना गर्ने विशेष कार्यक्रम हो, जसमा नेपाली कला, संस्कृति, सूचना, प्रविधि र इन्जिनियरिङ क्षेत्रलाई समेटिन्छ । यस कार्यक्रमले विद्यार्थीहरूमा लुकेको प्रतिभा उजागर गर्न अवसर प्रदान गर्नुका साथै इन्जिनियरिङ शिक्षाको प्रवर्द्धनमा सकारात्मक भूमिका खेल्ने विश्वास गरिएको छ । कार्यक्रममा प्लस टू, डिप्लाेमा तथा इन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थीहरूले सहभागीता जनाउन पाउने छन् । नेक इग्नियम असार १९ गते कलेज परिसरमा हुनेछ ।
मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रूपमा स्थापित नेपाल इन्जिनियरिङ कलेज इन्जिनियरिङ शिक्षा अध्ययन गर्ने उत्कृष्ट शैक्षिक संस्था हाे । पाेखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजमा इन्जिनियरिङ विधामा स्नातक, स्नातकाेत्तर सम्मकाे अध्यापन हुने गरेकाे छ । कलेजलाई नेपाल इन्जिनियरिङ परिषदले स्थायी अनुमति दिएकाे छ ।

