१३ असार, काठमाडौं । हिजो साँझ सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा ४८ हजार विद्यार्थीले ३.६ भन्दा धेरै जीपीए ल्याएका छन् । प्रकाशित नतिजा अनुसार ४८ हजार १७७ जना विद्यार्थीले ३.६ देखि ४ जीपीएसम्म ल्याएका हुन् ।
एसईईको परिणाम गत वर्षभन्दा सुधार पनि भएको छ । पोहोर ४७ दशमलब ८६ प्रतिशतमात्रै विद्यार्थी उत्तीर्ण भएकोमा अहिले त्यो संख्या बढेर ६१.८१ पुगेको प्रकाशित सूचनामा बताइएको छ ।

