काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले पछिल्लो युद्धमा साहसपूर्वक लडेको बताएका छन्। बुधबार नेदरल्याण्ड्समा सम्पन्न नेटोको बैठकका क्रममा पत्रकारहरूको इरानमाथि प्रतिबन्ध हटाउने विषयको प्रश्नमा जवाफ दिँदै उनले यस्तो बताएको बीबीसीले जनाएको
हो ।
ट्रम्पले भने, ‘उनीहरूले (इरान) भर्खरै युद्धको सामना गरे, र उनीहरू साहसपूर्वक लडे।’ उनले इरानले अब देश पुनर्निर्माणका लागि तेल बेच्न सक्ने पनि बताए।
उनले इरानको परमाणु हतियार नष्ट भइसकेको दाबी गर्दै भने, ‘मैले भनेको थिएँ, इरानसँग परमाणु हतियार हुन सक्दैन। अब ती नष्ट भइसकेका छन्, हामीले नष्ट गरिसकेका छौँ।’ – यसअघि नेदरल्याण्ड्स हुनुपर्नेमा भुलबस अन्यथा भएकोले सच्चयाइएको छ।

