Breaking News

असार १ गतदेखि सरकारी कार्यालयहरु दुई सिफ्टमा संचालन

३० जेठ, काठमाण्डौं । अबदेखि सरकारी कार्यालय दुई सिफ्टमा सञ्चालन गरिने भएको छ ।

अस्ति बुधबार राति बसेको मन्त्रिपरिषद बैठकले लकडाउन खुकुलो पार्दै लैजानेगरी गरेको निर्णय हिजो बिहीबार सार्वजनिक गर्दै अर्थमन्त्री, सूचना तथा सञ्चार प्रविधिमन्त्री युवराज खतिवडाले दुई सिफ्टमा सरकारी कार्यालय सञ्चालन गरिने भएका बताएका छन् ।

मन्त्री खतिवडाका अनुसार बिहान ८ बजेदेखि १ बजेसम्म पहिलो सिफ्ट सञ्चालन हुनेछ । त्यस्तै १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्ट सञ्चालन हुने भएको छ ।

कार्यालयमा भीडभाड नहुनेगरी काम सहज रुपमा सञ्चालन गर्नका लागि यस्तो व्यवस्था गरिएको बताए । आगामी असार १ गतेदेखि सम्पूर्ण सरकारी कार्यालयहरु सिफ्टअनुसार नै सञ्चालन हुने भएको खतिवडाले जानकारी गराएका छन् ।

यद्यपी सरकारी विद्यालय भने तत्कालका लागि बन्द रहने समेत बताएका छन् ।

शैक्षक संस्थाहरु तत्कालका लागि बन्द नै रहने