Breaking News

स्कटल्यान्डमा जारी टी–२० अन्तर्राष्ट्रिय सिरिजमा आज नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै

स्कटल्यान्डमा जारी टी–२० अन्तर्राष्ट्रिय सिरिजमा आज नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ।

स्कटल्याण्डको टिटउड ग्लास्गोमा नेपाली समयअनुसार आज बेलुकी पौने ८ बजे खेल दुई देशबीचको खेल हुनेछ।

जारी सिरिजमा नेपाल र नेदरल्याण्ड्स दोस्रोपटक भिड्न लागेका हुन्। पहिलो खेलमा नेपाल सुपरओभरमा पराजित भएको थियो।

गएको सोमबार राति तीन वटा सुपरओभर हुँदा तेस्रो सुपर ओभरमा नेपाल पराजित भएको थियो। तेस्रो सुपर ओभरमा नेपालले रन बनाउन नसक्दा पराजित हुन पुगेको थियो।

सिरिजमा भने नेपालको यो तेस्रो खेल हो। नेपालले सिरिजको दोस्रो खेलमा मंगलबार स्कटल्याण्डलाई २ विकेटले पराजित गरेको थियो।

गएराति नेदरल्याण्डले पनि स्कटल्याण्डलाई १७ रनले पराजित गरेको थियो।

नेपालले पुनः स्कटल्याण्डसँग भोलि खेलेपछि सिरिज सकिनेछ।