फिदिम । मेची राजमार्गमा पर्ने हेवा खोलामा निर्माणाधीन बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुग्नासाथ खसेको छ ।
सो बेलिब्रिज खस्दा चार जना मजदुर गम्भीर घाइते भएका छन्। अन्य दुई मजदुर सामान्य घाइते छन् । गम्भीर घाइते मजदुर बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बाराको सिमरा उपमहानगरपालिका– १२ घर भएका २२ वर्षीय रुपलाल चौधरी, २७ वर्षीय राजन चौधरी, २२ वर्षीय राकेश चौधरी र २५ वर्षीय भुलेश्वर चौधरी गम्भीर घाइते हुनुहुन्छ । सोही स्थान घर भएका ३५ वर्षीय प्रकाश चौधरी र ३० वर्षीय अभिषेक चौधरीको टाउकोमो चोट लागेको छ । सबै घाइतेको पाँचथर अस्पताल फिदिममा उपचार भइराखेको छ ।

