Breaking News

दुई बुँदे सहमति पालना नभए फेरि विरोधमा उत्रिने छौं – प्रचण्ड

काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच हिजो दुई बुँदे सहमति भएपछि संसदको अवरोध खुले पनि रोष्टममा गृहमन्त्री रमेश लेखकले आफ्नो धारणा राखेका थिए । तर अरु बिपक्षी दल रास्वपा र राप्रपाले गृहमन्त्री बोलिरहेकै समय नाराबाजी गरिरहे ।
नेकपा माओेवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले आज बिहान विराटनगर विमास्थलमा पत्रकारहरुसँग बोल्ने क्रममा भने, सत्तारुढ दलहरूसँग भएको दुई बुँदे सहमति पालना नभए एक महिनापछि फेरि विरोधमा उत्रिने बताएका छन् ।

उनले सदनबाट केही महत्त्वपूर्ण ऐन पारित गर्नुपर्ने भएकोले पनि सहमतिमा जानुपरेको बताए । अहिले हामीले एकातिर सङ्घीय निजामती ऐन छिटोभन्दा छिटो पारित गर्नुपर्नेछ, लाखौं शिक्षकहरुको माग अनुसार विद्यालय शिक्षा ऐनलाई अन्तिम रूप दिनुपर्ने छ । टीआरसीसँग सम्बन्धित कयौं विषय अगाडि बढाउनुपर्ने छ। यस्तो बेलामा सदन अवरोधले मात्र निकास ननिस्कने भएकोले सहमतिमा गएका हौँ । ु

प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रमेश लेखकले चेतावनीको भाषा बोलेकोबारे पत्रकारको प्रश्नमा प्रचण्डले त्यसको जिम्मेवार लेखक नै हुने उल्लेख गरे । ुसुशासनको निम्ति भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिन हुनुपर्छ भन्नेमा हाम्रो जोड रहन्छ । अध्ययन गहिरो गरी हुनुपर्‍यो, संरचना बन्नुपर्‍यो। त्यो कुरामा सहमति भएको छु प्रचण्डले भने।

पार्टी उपाध्यक्ष अग्नि सापकोटाको मुद्दासँग गृहमन्त्रीको राजीनामा साट्यो भन्ने आरोपलाई उनले सोझै इन्कार गरे । उनले भने–ुयो वाहियात कुरा मानिसहरूले प्रचार गर्ने गर्‍या छन्। त्यस्तो केही होइन। भिजिट भिसा प्रकरण र अग्नि सापकोटाको कुनै साइनो सम्बन्ध छैन।ु

दुई बुँदे सहमतिपछि माओवादी सत्तामा जान चाहेको हो रु भन्ने प्रश्न पनि उनले खण्डन गरे । अहिले सत्तारुढ दलसँग भएको सहमति सत्तासँग सम्बन्धित नरहेको उनको भनाइ छ ।

एक फरक प्रसङ्गमा प्रचण्डले पूर्व राष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन कुनै ऐन कानुन वा विश्वको कुनै परम्पराले नरोकेको जिकिर गरे ।