काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको २४ औँ महाधिवेशन अन्तर्गत भर्खरै मतदान सकिएको छ । १५५१ प्रतिनिधिमध्ये १४५० जना प्रतिनिधिले मत खसालेका छन् ।
मत परिणाम आजै राती सार्वजनिक गर्ने बताइएको छ। मतदान बिद्युतीय माध्यमबाट खसालिएको थियो ।
महाधिवेशनमा प्रकाश पौडेल र सुजन कडरियाबिच प्रतिस्पर्धा भएको छ ।

