Breaking News

कञ्चनपुरमा नेपाल प्रहरीका एक असईमाथि कुटपिट

२७ जेठ, धनगढी । कञ्चनपुरमा नेपाल प्रहरीका एक असईमाथि कुटपिट भएको छ । बेलौरी नगरपालिकाको पचुई प्रहरी चौकीका इन्चार्ज समेत रहेका प्रहरी सहायक निरीक्षक (असई) बीरबहादुर चन्दमाथि कुटपिट भएको हो ।

भिडियोमा एक व्यक्ति असई चन्दलाई लछारपछार गर्दै गरेको देखिन्छ । चन्दको कमिज समेत च्यातिएको छ ।

चन्दलाई कुटपिट गर्ने व्यक्तिको पहिचान भइसकेकाले उनलाई पक्राउ गरेर कानुनअनुसार कारवाही गरिने भएको छ ।

प्रहरीकाअनुसार चन्दमाथि केही दिन अगाडिमात्रै प्रहरी चौकी नजिकै दिउँसोको समयमा हातपात गर्दै कुटपिट भएको थियो । सीमा क्षेत्रमा सामान जाँच गर्ने क्रममा कुटपिट भएको खुलेको छ ।

कुटपिट गर्ने समूह भारतबाट अवैध रुपमा सामान ओसारपसार गर्ने कार्यमा संलग्न रहेको प्रहरीको भनाइ छ