Breaking News

पोर्चुगलले युईएफए नेसन्स लिग फुटबलको उपाधि जित्न सफल

२६ जेठ, काठमाडौं । पोर्चुगलले युईएफए नेसन्स लिग फुटबलको उपाधि जितेको छ । फाइनल खेलमा स्पेनलाई टाइब्रेकरमा हराउँदै पोर्चुगलले दोस्रोपटक नेसन्स लिग फुटबलको उपाधि जितेको हो ।

टाइब्रेकरमा पोर्चुगल ५–३ ले विजयी भयो । पोर्चुगलका लागि गोन्सालो रामोस, भितिन्हा, ब्रुनो फर्नान्डेस, नुनो मेन्डेस र रुबेन नेभेसको प्रहार गोलमा परिणत भयो । स्पेनका मिकेल मेरिनो, एलेक्स बेना र इस्कोको प्रहार गोल हुँदा अल्भारो मोराटाले पेनाल्टी मिस गरेका थिए ।

त्यसअघि निर्धारित ९० मिनेट र थपिएको ३० मिनेट अतिरिक्त समयमा २(२ को बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको हो ।

खेलमा स्पेनले दुईपटक अग्रता लिएपनि जोगाइराख्न सकेन । २१औं मिनेटमा मार्टिन जुयामेण्डीले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए ।

त्यसको ५ मिनेटमा नै नुनो मेन्डेसले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । ४५औं मिनेटमा मिकेल ओयरजाबालले गोल गरेपछि पहिलो हाफमा स्पेन २–१ ले अगाडि रह्‍यो ।

दोस्रो हाफको ६१औं मिनेटमा स्टार सिनियर खेलाडी क्रिस्टियानो रोनाल्डोले गोल गर्दै खेल पुनस् बराबरीमा ल्याए । त्यसपछि थप गोल नहुँदा खेल टाइब्रेकरमा गएको थियो । अन्तत पेनाल्टी सुटआउटमा स्पेनलाई हराउदै पोर्चुगल उपाधि जित्न सफल भयो ।