सांसदका स्वकीय सचिवद्धारा क्वारेन्टाइनबाट घर लगेका मध्ये दुईजनालाई कोरोना पुष्टि

२८ जेठ काठमाडौं । अहिले भारतबाट फर्किएका नागरिकहरुमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको उच्च जोखिम बढ्दै जादा सक्रमिणको संख्या बढ्दो छ । त्यसैले उनीहरुलाई क्वारेन्टिनमा राखिएको पनि छ ।

नेपालको अव्यवस्थित क्वारेन्टिनमा दुःखकस्ट सहेर बस्नेहरुको संख्या १ लाख ७२ हजार भन्दा बढी छ । तर काठमाण्डौको नजिको जिल्ला धादिङमा राजनीतिक पहुँचकै आधारमा क्वारेन्टिनमा बस्नुपर्नेहरुलाई घर लगिए पछि उनीहरुमध्ये दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धादिङको नीलकण्ठ नगरपालिकामा रहेको क्वारेन्टिनमा रहेका सात जना भारतबाट आएका युवालाई राजनीतिक पहुँचको आधारमा गाउँ भित्र्याइएको थियो ।

नगरपालिकाको बाल मन्दिरमा बनाइएको क्वारेन्टिनमा अहिले झण्डै साढे २ सय जना भारतबाट आएकाहरू बसेका
थिए । नगर प्रमुख भीम ढुंगानाका अनुसार भारतबाट आएका एकाध व्यक्तिबाहेक सबै बालमन्दिर क्वारेन्टिनमा रहेको बताए ।

तर भारतबाट आएर केहीदिन क्वारेन्टिनमा रहेका सात जनालाई भने प्रदेशसभा सांसद रामकुमार अधिकारीका स्वकीयसचिवले विना जानकारी धुवाँकोटको गाउँमा लगेको पाइएको छ । एक अधिकारीका अनुसार सांसदका स्वकीय सचिव प्रदीप यादवले विना जानकारी क्वारेन्टिनबाट निकालेर गाउँ पठाएका थिए ।

स्वकीय सचिव यादव पनि भारतबाट आएकाहरुलाई क्वारेन्टिनबाट निकालेर लगेको स्वीकार्छन् । ‘बालमन्दिरको क्वारेन्टिनमा सुविधा नभएको भन्ने गुनासो आएपछि हामीले ७ जनालाई गाउँमा नै ल्याएका हौं’ ‘उनीहरूमध्ये एकजनालाई होम क्वारेन्टिनमा राखिएको थियो भने बाँकीलाई गाउँकै स्कुलमा क्वारेन्टिनमा राखिएको हो ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धादिङका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको घोषणा ग¥यो । त्यसमध्ये १४ जना नीलकण्ठ नगरपालिकामा रहेको बालमन्दिर क्वारेन्टिनमा रहेकाहरू छन् भने बाँकी दुई जना साविकको धुवाँकोट गाविसमा बसोबास गर्दै आएकाहरू रहेको जिल्ला जनस्वास्थ्य कार्यालय धादिङले जनाएको छ । उनीहरु सबै भारतबाट आएका हुन् ।

संक्रमितमध्ये २ जना साविकको धुवाँकोट गाविसका हुन् । यस्तै नगरपालिकाको वडा नं १४ को नौ जना, वडा नं ३ का एक जना, वडा नं ११ का दुई जना, वडा नं २ का एक जना, वडा नं ५ का दुई जना, वडा नं १ का एक जना र वडा नं का ७ का एक जना रहेका छन् ।