महिला तथा किशोरीहरुका लागि आत्मसुरक्षा बिषयक प्रशिक्षक, प्रशिक्षण तालिम बास नेपालको आयोजनामा महिला तथा किशोरीहरुका लागि प्रशिक्षक, प्रशिक्षण तालिम आज देखि शुरु भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा सो तालिम शुरु भएको हो । बढ्दो लैंगिक हिंसा न्यूनीकरणका लागि सुरक्षित समाज निर्माणका लागि आत्मसुरक्षाको बिधि अवलम्बन गर्नका लागि आत्मसुरक्षाका बिषयमा तालिम प्रदान गरि प्रशिक्षक उत्पादन गर्ने उद्धेश्यका साथ शुरु भएको तालिम सात दिन सम्म सञ्चालन हुनेछ ।
जेष्ठ २२ गते देखि जेष्ठ २८ गते सम्म हुने सो तालिमको उद्घाटनमा बोल्दै नेपालगञ्ज उपमहानगरपालिका महिला तथा बालबालिका शाखाकी महिला बिकास अधिकृत आशा शाहीले बढ्दो महिला हिंसा न्यूनीकरणका लागि आत्मसुरक्षा तालिम आवश्यक रहेको बताईन् । बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्माको अध्यक्षतामा भएको तालिम उद्घाटनमा महिला तथा बालबालिका शाखाका प्रमुख पबित्रा पुरीको उपस्थिती रहेको थियो । संस्थाकी महासचिव कल्पना अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा सहभागिहरुका तर्फबाट लुना बुढाथोकी र नन्दिता बर्माले अपेक्षा मन्तव्य राखेका थिए ।

