Breaking News

रात्रि बस भित्रै एक महिलाले जन्माइन बच्चा

१९ जेठ, काठमाडौं । हिजो राती काठमाडौंबाट भैरहवाका लागि बस के हिडेको थियो केही समयको अन्तरालपछि सो रात्रि बस भित्र यात्रा गरिरहेका बेला एक महिलाले बच्चा जन्माएकी छन् । काठमाडौंबाट भैरहवा जाँदै गरेको लु२ख २५६१ नम्बरको रोयल मञ्जुश्री एसी बसमा यात्रारत महिलाले राति करिब पौने ११ बजे बसभित्रै बच्चा जन्माएकी हुन् ।

ती महिला श्रीमानसहित रुपन्देहीको खैरहनी जाँदै थिइन् । उनलाई बस चढेको केही समयमै व्यथा लागेको थियो । ति गर्भवती महिलाको पेट दुख्न थालेपछि बस रोकिदिनुस् भन्नु भएको भए पनि बिच बाटोमा रोक्ने जस्तो ठाउँ नभएपछि चालकले नौबिसे पुगेर बस रोकेपछि बसभित्रै छोरालाई जन्म दिएकी थिइन ।

त्यसपछि अरु सबै प्यासेन्जरलाई ओरालेर बसभित्रै भएका केही महिलाहरुको सहयोगमा राति पौने ११ बजेतिर छोरो जन्माएकी थिइन ।

त्यसपछि बसकै स्टाफहरुले सुत्केरी र शिशुलाई स्थानीयको सहयोगमा नजिकैको स्वास्थ्य चौकीमा लगेका थिए । त्यहीँ सालनाल काटेर एम्बुलेन्समार्फत् काठमाडौं पठाएर बस गन्तव्यतर्फ लागेको थियो ।