काठमाडौँ । राजावादीको आजको आन्दोलनमा प्रहरीले बल प्रयोग गरेर राप्रपा नेपालका अध्यक्ष कमल थापा,राप्रपाका सांसद दिपक सिंह लगायत पक्राउ परेपछि राजावादी समूहले भोलि उपत्यका बन्द गर्ने घोषणा गरेको छ ।
नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले आज एक प्रेस विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण आन्दोलनकै क्रममा राप्रपा नेपालका अध्यक्ष थापा,राप्रपा सांसद सिंह लगायतलाई प्रहरीले अमानवीय तवरले पक्राउ गरेको भन्दै भोलि उपत्यका बन्द गर्ने घोषणा गरेको हो ।
पक्राउ परेका थापा,सिंह लगायतका नेता तता कार्यकर्ता रिहा भइसकेका छन् ।
ुराजावादीहरुले सरकारको बर्बर दमनको विरोध गर्दै आन्दोलनको स्वरूप परिवर्तन गर्न बाध्य भएको बताएका छन् । त्यसैले भोली जेठ १९ गते उपत्यका बन्दको घोषणा गरेका छन्। उपत्यका बन्दको क्रममा आ–आफ्नो टोल र चोकमा बसी सक्रिय भूमिका निर्वाह गर्न आन्दोलनमा सहभागी सहयोद्धाहरूलाई आह्वान गरिएको छ ।

