१५ जेठ, काठमाडौं । आज जेठ १५ गते अर्थात् गणतन्त्र दिवस। राजतन्त्र समाप्त गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन । निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन ।
यस दिनको सम्झनामा आज जेठ १५ गते बिहान सूर्योदयसँगै नेपाली सेनाले बिगुल बजाएको छ । साथै तोप र बन्दुकको बढाईं गर्ने कार्यक्रम पनि छ । मुल समारोह समितिको कार्यक्रम सैनिक मञ्च टुँडिखेलमा हुनेछ । त्यस्तै १६ गते सरकारी निकायका घरका छत, बरण्डाहरूमा राष्ट्रिय झण्डा मर्यादापूर्वक राखि सजाउने र दीप प्रज्वलन गर्ने कार्यक्रम तय भएको छ ।
जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो ।
हजारौँको बलिदान, लाखौँ नागरिक सडकमा उत्रिएर ल्याएको गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ ।

