Breaking News

सभ्य नागरिकका असभ्य व्यहोरा कहिले सम्म ??

-सुशिला शर्मा “शिलु”

धेरै जसो प्राय: १०:३० तिरबाट मेरो यात्रा अनामनगर तिर लम्किन्छ । बिजुलिबजारको पुल हुँदै बाढिको बेला अलिक बहाबले छोपिएको बागमती त अरुबेला मुख थुन्दै हिड्नु पर्ने बाग्मतिको सानो फलामे पुल हुँदै म अनामनगर तिर लम्किन्छु ।।बाटोमा ठूलो भाटभटेनी सुपर्मार्केट हुँदै  जब आउँछ हनुमान मन्दिरलाई पेटिबाट नियाल्दै मनबाट दर्शन गर्ने बेला एउटा अनौठो हर्कत दिन दिनै देखिन्छ!! भन्न र लेखिरहन रहर नहुँदा नहुँदै पनि मन्मा लागेको कुरा कुनै दिन त बाहिर आउनु पर्छ नै जस्तो लाग्छ ।

म आफ्नो मनबाट प्रार्थना स्वरुप हनुमानजिलाई सम्झिन्छु, सत्य र निष्ठाका भगवान रामलाई याद गर्छु, म लगाएत सबै मानव जिवनलाई सहज जीवन यापनमा सहजीकरण गर्नुहोस भनी कामना गर्दछु, त्यो प्रायः जुनसुकै आस्थाको मानिसले पनि आफ्नो मनको देवता देख्दा आउने भाव नै हो, तर बिना संकोच मेरो नजर अनि पाइला पर्छ  मानिसका थुकेका पदचाप तिर, त्यहीँ अर्कोले पुनः त्यही हर्कत आफ्नै अघिल्तिर यसो केही सोच्यो कि जहाँ पनि रोडका साइड तिर बाटोमै जहाँ खुट्टाका जुत्ताले टेक्दै हिड्नु पर्छ, त्यहीँ थुकेको देखिन्छ ।

मन्दिरको आसपास भएर मलाई अलिक संकोच हुन्छ, त्यो हर्कत प्रत्यक्ष देख्दा पीडा हुन्छ उसैपनी म बाहिर थुक्नु भनेको खुला शौचालय गएको जस्तो नै मान्दछु, किनकी यो सुन्दर शहरीकरणको कुनै पनि मानवमा यो चेत किन पैदा भएन!!

सारै आपत परेमा नजिकै को ढल वा आजकलका व्यबस्थित सार्वजनिक शौचालयमा गएर थुक्न  सकिन्छ नि, जहाँ जहिले मन लाग्यो त्यहि बेला, बिना कुनै हिच किचाहट मानिसले थुक्दै हिंडेको देख्नेबित्तिकै मलाई बरु निरीह पशुहरुको याद आउँछ ।

चेतनाको सबै भन्दा जागरुक प्राणी अनि अरुलाई सम्म सिकाउनु पर्ने जातिले यसरी खुलम खुल्ला सडक पेटि, रोड किनारा, तथा आम मानिस हिडिरहेका ठाउँ एबम गाडी चालक देखि यात्रु सम्मले बस भित्र बाट जहाँ तहिं नै एसो हेर्दै थुकेको पाइन्छ, यो कहिले सम्म गारो मान्दै हेरेर सहने ।

कहिले कहिँ दुइपाङ्ग्रेमा यात्रा गर्दा एबम पैदल हिड्दा त उनिहरुले बसबाट थुकेको छिटा सम्म खप्नु परेको छ!
अन्यलाई याद नभए पनि मलाई लामो समय देखि यो कार्य अत्यन्त मन नपर्ने हर्कत लागेको हुँदा म याद गर्छु किनकी सभ्यता र बिकासको नाममा छलाङ मारेको समयमा यति सानो कुरामा विवेक नपुर्याउदा सिंगो समाज रोग एबम् नजादिंदो  विष तत्वबाट ग्रसित हुन पुग्दछ ।

ठुला ठुला घटनाहरु साना हर्कत र लापरबाहीले नै उत्पन्न हुने दृष्टान्त हाम्रा माझ धेरै पटक आइसकेका छन।
सारै आपत पर्नेले बट्टा नै बोक्नु पर्ने र शौचालयमा गएर सफा गर्ने अन्यले नजिकैको ढल एबम् एक निश्चित स्थानमा अन्यले नदेख्ने गरि थुक्नु पर्ने भनी राज्यबाट कमसेकम धेरै मानिस रहने शहरमा त कडाइका साथ नियम ल्याउनु पर्यो नत्र हामी जस्ता पिरोलिएको जमातले कसरी नियन्त्रण गर्ने ।कोरोना कालमा हावा सँगबाट समेत डराउनु पर्ने अवस्था र मास्क लगाएर महिनौ दिन कटाएका हामिले आज सानो कुरा भनेर यस्तो असभ्यतालाई नजर अन्दाज गरेर कहिले फेरिन्छ हाम्रो परीवेश ।

यो नेपालको प्रत्येक स्थानहरु त्यसमा पनि राजधानी उसैपनी मन्दिरहरुको शहर हो । प्रायः पाइलै पिछ््छे हामिले
देविदेवताको दर्शन अनि आफ्नो कामको दौडधुपमा सफलता होस् भन्ने चाहनाले प्रसन्न मुद्रामा घर बाहिर निस्किदा देख्नु परेको यस्तो कु- कृत्यहरुको कहिले सम्म चुपचाप सहने ?

रोडमा परेको थुक आखिर मानिसका पाइलाले टेकेपछी त्यो जुत्ता मार्फत पुग्ने त जन मानसका आँगन सम्म होनि,
त्यो कुराको अन्दाज किन भएन सबैलाई र चोकचोकमा राखिएका क्यामरा एबम् किताबका प्रत्येक पाना देखि
नैतिक शिक्षामा यो विषय जोडेर कडा निगरानी र कार्बाहिको दायरामा नल्याइ हामिले सुन्दर शहरमा सास फेर्न त के टेक्न समेत हिच्किचाउनु पर्ने अवस्था रहन्छ ।

सानो कुरामा बानी नसुधारेर खाली राज्य व्यस्थाको विरोध एबम् बिदेशको बखान गर्दैमा देश बन्न सक्दैन।
देशको अवस्था सुधार्ने जिम्मा राष्ट्र नायकहरुको हो भने शान्त बाताबरणमा भावी पुस्तालाई नैतिकताको ज्ञान
बाड्ने जिम्मा हामी नागरीकको दायित्व पनि हो । तसर्थ जथाभावी थुकेर असभ्यताको पहिचान दिन बन्द गरौं ।
कमसेकम आफ्नो वरीपरीको मान्छेलाई पर्ने असर अनि गडिमा सवार गर्ने एबम् चालकले त झनै सचेत हुनु पर्ने विषयमा सबैको चेतना बढाउन अन्य विज्ञापन बोर्डहरु भन्दा यस्ता असभ्य हर्कतको पनि सिमारेखा कार्बाहिको नतिजा सहित कार्यान्वयन गर्न आवश्यक भैसकेको छ ।।

सुशिला शर्मा “शिलु”