Breaking News

लद्दाख यात्रामा मैले रूसी खोजयात्री तथा पत्रकार निकालस नोटोविचलाई सम्झिरहे

लद्दाख यात्रामा मैले रूसी खोजयात्री तथा पत्रकार निकालस नोटोविचलाई सम्झिरहेको थिएँ ।

मभन्दा लगभग एक सय ३० वर्षअघि उनले लद्दाख यात्रा गरेका थिए । उनको समयमा यसरी जहाजमा उड्ने सुविधा थिएन । कतै रेल चढ्दै, कतै हिंड्दै, कतै घोडा चढ्दै यात्रा गरेका थिए । रूसबाट महिनौं लामो यात्रापछि मध्य एशियाली देशहरू, अफगानिस्तान, अनि वर्तमान पाकिस्तान पार गर्दै उनी लद्दाख आइपुगेका थिए । त्यो बेला पाकिस्तानको अवधारणा थिएन । त्यसैले उनी देशको नाम भन्दा अफगानिस्तानपछि सिन्ध र पन्जाब अनि काश्मीरको कुरा गर्छन् । अफगान यताको भूमि समग्रमा उनका लागि ‘इन्डिया’ हो ।

उनी पन्जाबबाट सिन्धु र यसका सहायक पछ्याउँदै काश्मिर पुगेका थिए । र, यहीँबाट लद्दाख गएका थिए । यो यात्राबारे उनले गरेको वर्णन रोमाञ्चक र दर्दनाक छ । अँध्यारोमा आँखैअघि चितुवाले भरिया खाएकोदेखि जंगलमा चितुवाको डरले रातभरी नसुती सेन्ट्री गरेका अनेक कहानी उनको किताबमा छन् ।

नोटोभिच सम्झिएपछि दुई हजार वर्ष पुरानो अर्को यात्रा सम्झिनुपर्ने हुन्छ ।