२ जेठ, काठमाडौं । आजभोलि जतिखेर पायो त्यतिखखेर बिजुली झ्यापझ्या जाने गर्दछ । सर्वसाधारण जनताले सास्ती पाएकै भएपनि आज नेपालको मुख्य प्रशासनिक भवन काठमाडौंको सिंहदरबारान बिजुली अवरुद्ध भएको छ ।
मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र शिक्षा उपसमितिको बैठक चलिरहेका बेला विद्युत् आपूर्ति अवरुद्ध भएपछि मोबाइल फोनको उज्यालोमा बैठकलाई निरन्तरता दिइएको छ ।
करिब ५ मिनेटअघिदेखि विजुली अबरुद्ध हुँदा मोबाइलको बत्ती बालेर बैठकलाई निरन्तरता दिइएको छ ।

