पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ७ र ८ नम्बर वडा जोड्ने गिरूवारी खोलाको पुल लच्किँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध भएको छ।
सोमबार सवारी साधनको भारका कारण उक्त पुल लच्किएको हो।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डिएसपी मधु नेपालका अनुसार ठूलो बस र १८ चक्के गाडी एकैसाथ पुलमा आइपुगेपछि पुल चर्किएको थियो। अहिले दुवैतर्फका सवारी साधन रोकिएका छन्। यात्रुहरू राजमार्गमै अलपत्र परेका छन्।
ुपुलमा क्षति पुगेपछि सवारी साधन आवतजावत बन्द गरिएको छ ।
तत्कालका लागि वैकल्पिक मार्गको खोजी भइरहेको छ।

