२७ वैशाख, धनगढी । बाजुरामा विस्फोटक पदार्थ पड्किंदा एक महिलाको मृत्यु भएको छ ।
शुक्रबार बिहान करिब साढे ७ बजे बुढीनन्दा नगरपालिका–७ सेरकाटियामा घाँस काट्न गएकी ५० वर्षीया काली जैशीको अज्ञात विस्फोटक पदार्थ पड्किंदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
विस्फोटको कारण खुल्न नसकेको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

