वडा नं २ का वडा अध्यक्ष मनोहर सिलवालले भेटिभर प्रबिधि अन्तराष्ट्रिय स्तरमा समेत निकै प्रभाबकारी सिद्ध भएको प्रबिधि हुदा यसले प्रभाबारी कार्यगर्नेकुरा उल्लेख गर्नु भयो । उहाँले सयुक्त राष्ट्रसँघले सन् २०२० देखी २०३० को दशकलाई पारिस्थितिकी प्रणाली पुन स्थापनाको दशकको रुपमा घोषणा गरेको र पारिस्थितिकी प्रणाली पुन स्थापनामा भेटिभर बनस्पतिको धेरै ठुलो महत्व र योगदान रहेको कुरा बताउनु भयो ।
उहाँले गोदावरी नगरपालिकाले बातावरण संरक्षणको क्षेत्रमा धेरै महत्वपुर्ण कार्यगर्दै आएको कुरा उल्लेख गर्दै । यस पालिका हरित पुर्वाधार तर्फ अग्रसर रहेको बताउनु भयो । उहाँले भन्नुभयो हरित पुर्वाधारको कार्यसँग नेपालको पहिलो कार्वन नेगेटिभ पालिकाको रुपमा गोदावरी नगरपालिका स्थापित हुन सक्ने कुरा उल्लेख गर्नु भयो । गोदावरी नगरपालिकाले भेटिभर नेपालको प्राबिधिक सहयोगमा स्याम्पल प्रोजेक्टको रुपमा उक्त पहिरो नियन्त्रणको कार्यको शुभारम्भ गरेको हो । काठमाडौँ उपत्यकामा पछिल्लो समयमा पहिरोको प्रकोप बढदै गएको छ । अघिल्लो बर्षको अत्याधिक बर्षाका कारण ललितपुर, काभ्रे, सिन्धुली, सिन्धुपाल्चोक क्षेत्रमा बाढी तथा पहिरोले निकै ठुलो धनजनको क्षती भएको थियो ।

