२५ वैशाख, काठमाडौं । काठमाडौंको मुनिभैरव मन्दिर नजिक सवारी दुर्घटना एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।
सडकमा रातो बत्ती बलेको बेला रोकिएको भ्यान र मोटरसाइकललाई पछाडिबाट बसले ठक्कर दिंदा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकलको पछाडि बसेकी नुवाकोट घर भई ललितपुर बस्ने २३ वर्षीया नागिना तामाङको मृत्यु भएको छ ।
उनको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले बतायो ।
मोटरसाइकल चालक २७ वर्षीय पदम थापामगर, भ्यानका चालक शान्तिनगरका रत्न सार्की र बसकी यात्रु काँडाघारीकी २० वर्षीया मेनुका बुढाथोकी घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटना बिहान साढे ६ बजे भएको हो । बा३ख ७०६२ नम्बर बसले रोकिराखेका बा प्र ०१(०२६ च २९२७ नम्बरको भ्यान र बा.प्र. ०२(०५३ प ३८२७ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो ।
बसका चालक रामकुमार खड्कालाई नियन्त्रणमा लिएको छ ।

