वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । उनको आज दिउँसो सवा चार बजे नर्भिक अस्पतालमा उपचारकै क्रममा निधन भएको थियो।
उनको निधनको खबरपछि राजनीति दलका नेता तथा उनको समर्थक नर्भिक अस्पतालका थिए।
नेता नेपालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि उनको घर वा पार्टी कार्यालयमा राखिएन। अस्पतालबाट पार्थिव शरीर सिधैं अपराह्न पशुपति आर्यघाट लगिएको थियो।
नेता नेपाल लामो समयदेखि पार्किन्सन लगायत रोगबाट पीडित थिए। रोगले शिथिल बनाउँदै लगेपछि उनी राजनीतिबाट निष्क्रिय बनेका थिए।
२०१० सालमा जन्मिएका नेपाल २०५१ मा तत्कालीन नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला सञ्चार मन्त्री बनेका थिए। त्यसपछि शिक्षा मन्त्री भएका थिए।
धनुषामा २०३५ सालमा गठन भएको कोर्डिनेसन केन्द्रको कमिटीमा उनी थिए। त्यसपछि उनी लगातार केन्द्रीय कमिटीमै रहे।
२०७१ सालपछि भने उनी राजनीतिमा सक्रिय हुन सकेनन्।
नेता नेपालको पार्थिव शरीर पशुपतिमा उनकै ईच्छा अनुसार विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरिएको थियो ।

