Breaking News

आज जनकपुरधाममा जानकी नवमी मनाइँदै

२३ वैशाख, जनकपुरधाम । सीताको जन्मदिनको स्मरणमा आज जनकपुरधाममा जानकी नवमी मनाइँदै छ ।

वैशाख शुक्लनवमीको दिनलाई जानकी नवमीको रुपमा मनाइन्छ ।

जनकपुरमा पूजाअर्चना भजनकीर्तन तथा झाँकी गरी जानकी नवमी मनाउने गरिन्छ । जानकी मन्दिरले विशेष आरती झाँकीसहितको कार्यक्रमहरु आयोजन गरेको छ ।

जानकी नवमीको अवसरमा मधेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।