Breaking News

प्रधानमन्त्रीले ६ ज्येष्ठ नेताहरूलाई कम्युनिस्ट योद्धा सम्मान प्रदान

नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आज काठमाण्डौंको प्रज्ञा भवनमा कम्युनिस्ट पार्टीको ७६ औं स्थापना दिवसका अवसरमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल ६ ज्येष्ठ नेताहरूलाई कम्युनिस्ट योद्धा सम्मान प्रदान गरेका छन्।

कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले रत्नप्रसाद शर्मा न्यौपाने (मरणोपरान्त), लालबहादुर विश्वकर्मा (कञ्चनपुर), वाचस्पति देवकोटा (गोरखा), शान्ता मानवी (काठमाडौ) सत्यनारायण मण्डल (सप्तरी), शोभाराम बस्नेत (दाङ) र हरिचरण शिवाकोटी (झापा) लाई उक्त सम्मान प्रदान गरेका हुन्।

कार्यक्रममा पञ्चायतकालीन भूमिगत जीवनमा पार्टीका नेताहरुको सङ्घर्षमा आधारित पुस्तक ‘सेल्टर’ को विमोचन गरिएको थियो।