कक्षा १२ को परीक्षाबारे निर्णय लिन आज राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दैछ।
वैशाख ११ गतेबाट कक्षा १२ को परीक्षा तय गरिएको छ। तर शिक्षकहरूको आन्दोलनका कारण परीक्षा प्रभावित भएपछि यसबारे निर्णय लिन लागिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए।
बोर्डका एक सदस्यका अनुसार बैठक अहिले बिहान ८ बजे बस्दैछ।
यसअघि भएका सहमतिहरू समेटेर विद्यालय शिक्षा ऐन जारी गर्न दबाब दिँदै आन्दोलनरत शिक्षकहरूले कक्षा १२ को परीक्षमा सहभागी नहुने निर्णय नै गरेका छन्।

