Breaking News

बिहानैदेखि देशका केही भूभागमा वर्षा

काठमाडौँ । बिहानैदेखि देशका केही भूभागमा वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा भइरहेको छ।

बागमतीको अलावा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा पनि बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो सुदूरपश्चिम र गण्डकी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । केही प्रदेशमा पूर्णदेखि आंशिक बदली हुनेछ ।

बशदेशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै अरब सागरबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव थपिँदा विभिन्न स्थानमा वर्षा भएको हो ।