काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ गरेर काठमाडौं ल्याएसगै उनी विरुद्ध काठमाडौँ जिल्ला अदालतले १२ दिन म्याद थप भएको छ ।
प्रहरीले आज अदालतमा उपस्थित गराएका थियो । यसअघि भद्रपुर विमानस्थलमा भने प्रसाईंले प्रहरी नियन्त्रणकै बिच सञ्चारकर्मीलाई प्रतिक्रिया दिएका थिए । उनले भनेका थिए, ‘ म आत्तिएको छैन । यो तस्करविरुद्धको लडाइँ हो । अर्को कुरा मैले आफैँ पक्राउ देको है । उनी भारतमा पक्राउ परेको बताइएपनि प्रहरीले शुक्रबार बिर्तामोडबाट पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

