Breaking News

सिंहदरबारमा सरकार र आन्दोलनरत शिक्षकहरूबिच छलफल सुरु

काठमाडौँ । सिंहदरबारमा सरकार र आन्दोलनरत शिक्षकहरूबिच छलफल सुरु भएको छ । शिक्षामन्त्री विद्या भट्टराईको उपस्थितिमा आन्दोलनरत नेपाल शिक्षक महासङ्घ र सरकारका प्रतिनिधिबिच छलफल सुरु भएको हो ।

शिक्षा ऐन माग्दै शिक्षकहरू नौ दिनदेखि शिक्षकहरु काठमाडौँको केन्द्रीत आन्दोलन गरिरहेका छन् । यसअघि सरकारले शिक्षकहरूलाई पटक–पटक वार्तामा बोलाउँदा पनि वार्तामा गएका थिएनन् ।