Breaking News

माओवादी केन्द्रको हुलाकी राजमार्ग केन्द्रित तराई–मधेस जागरण अभियान पुनः सुरू

काठमाडौं । नेकपा माओवादी केन्द्रको हुलाकी राजमार्ग केन्द्रित तराई–मधेस जागरण अभियान पुनः सुरू भएको छ । १२ फागुनदेखि सुरू भएको जागरण अभियान दुई पटक स्थगित गरिएको थियो । विधिध कारण दुईपटक स्थगित अभियान बुधबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँकेबाट पुनः सुरू गरेका हुन् ।

जागरण अभियान नवलपरासीबाट सुरू गर्ने भनिएपनि अनेमसंघ क्रान्तिकारीको लुम्बिनी प्रदेश दोस्रो सम्मेलनको बुधबार उद्घाटनपछि प्रचण्डले बाँकेबाटै अभियान सुरू भएको बताएका हुन ।